0
कसैलाई हँसाउनु छ वा मजाक गर्नुछ भने भुँडी वा पाइतालामा काउकुती लगाइदिने चलन हामीले सानैदेखि सिकेको चलन हो र सायद यो मानव सभ्यताको सुरुवात देखिकै प्राचिनतम चलन हो ।
तर यसरी काउकुती लगाउनुलाई दुनियाका सबै ठाउँमा हँसिमजाकको रुपमा मात्र लिइँदो रहेनछ । कतिपय ठाउँमा यसलाई शारीरिक प्रताडनाका रुपमा लिइँदो रहेछ र यसका लागि सजायँ पनि दिइँदो रहेछ ।
काउकुती लगाउनुलाई टिकलिंग टर्चर भनिन्छ । कसैलाई काउकुती लगाइदिनुको मनसाय कसैमाथि दुव्र्यवहार गर्नु, कसैलाई हेँप्नुे प्रयास, अपमान गर्ने इच्छा वा दुव्र्यवहार गर्ने मनसायले हुनसक्ने व्याख्या गरिन्छ कतैकतै ।
काउकुती केवल हसिँमजाक तथा दुव्र्यवहार वा हिंसाको माध्यमको रुपमा मात्र सिमित छैन । यो अपराधीलाई दिइने सजायँको रुपमा पनि थियो इतिहासमै । कुनै कुनै अपराधमा मानिसलाई मज्जाले काउकुती लगाएर सजायँ दिइन्थ्यो । प्राचीन चीनमा टिकलिंग टर्चर नामक सजायँ प्रचलनमा थियो ।
खासगरी राजाको दरबारमा यस्तो प्रचलन थियो । समाजमा खास ओहोदा राख्ने व्यक्तिहरुलाई दरबारमा ल्याएर यस्तो सजायँ दिइन्थ्यो । किनकी विशेष मानिसहरुलाई निकै कम समयसम्म मात्र कष्ट पुग्थ्यो ।
त्यस्तै प्राचीन रोममा पनि काउकुती सजायँ प्रचलनमा थियो । जसमा कुनै सजाय गरेको मानिसको खुट्टा नुनपानीमा चोपलेर बाख्रालाई चाट्न लगाइन्थ्यो ।
सुरु सुरुमा त हल्का आनन्द र मज्जा आउँथ्यो । तर बारम्बार यसरी नुनमा डुबाउँदै, बाख्राको खस्रो जिब्रोले चाट्न लगाउँदा पाइतालाको छाला नै उप्किन्थ्यो र निकै पीडा महसुस हुने गर्दथ्यो ।

Post a Comment

 
Top